मंगलबार, वैशाख २९, २०८३

सिरहाको एक गेस्ट हाउसमा युवक मृत फेला

सिरहाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेस्ट हाउसमा फेला परेको छ।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

सिरहा- सिरहाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेस्ट हाउसमा फेला परेको छ।

National life

विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्ट हाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए।

सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेस्ट हाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो।

असोज २६ गते गेस्ट हाउसमा प्रवेश भएको देखिएको र सिरहाबाट अपहरण गरेको प्रहरी निरीक्षक कोइरालाले आशंका व्यक्त गरे। प्रहरीले हत्या घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: Oct 15, 2022| 10:33 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।