बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिक्रीमा राखियो पशुपतिनाथमा भक्तजनले चढाएका सामग्री

बिक्रीमा राखियो पशुपतिनाथमा भक्तजनले चढाएका सामग्री

पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरूको बिक्री शुरु गरिएको छ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरूको बिक्री शुरु गरिएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडालगायतका जिन्सी सामग्री बिक्री कक्षमार्फत बिक्री गर्न शुरु गरेको हो। 

National life

कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण शुरु गर्न थालेको जनाएको छ। मन्दिरमा संकलन भएका विभिन्न ३१ प्रकारका सामग्रीहरूलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखा प्रमुख गौरिशंकर पराजुलीले बताए। भक्तजनले श्रद्धाले चढाएका सामग्रीहरूलाई सर्वप्रथम कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीहरुलाई आम्दानीको रूपमा दाखिला गरिने र सोही सामग्री बिक्री कक्षमार्फत बिक्री गरिने उनले जानकारी दिए। 

उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे। उनले पशुपति विकास कोषको आयलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित सामग्रीहरूको बिक्री गरिएको स्पष्ट पारे। 

त्यसैगरी पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका शिव महापुराण लगायत अन्य विभिन्न प्रकाशनहरूलाई पनि बिक्री गरिएको उनले जानकारी दिए। सामग्री रहुन्जेलसम्म मात्रै बिक्री गरिने पनि उनले उल्लेख गरे। महाशाखा प्रमुख पराजुलीले मन्दिरमा जम्मा हुने नगद रुपैयाँलाई बैंकमा दैनिक रुपमा जम्मा गर्ने गरिएको बताए। उनले दानपेटीकाबाट उठेको रकम नेपाल इन्भेष्टमेण्ट बैंकमा सोही दिन दाखिला गर्ने, विशेष पूजाको रकम एसबिआई बैंकमा दाखिला गर्ने र तेस्रो देशबाट आएका भक्तजनबाट लिइने रकम सनराइज बैंकमा दाखिला गर्ने गरिएको जानकारी दिए। 

पशुपतिनाथ मन्दिरका मूलभट्ट, भट्ट, भण्डारीहरु र कर्मचारीहरुलाई कोषमा जम्मा भएको रकमबाटै तलब तथा सेवा सुविधा दिइने गरिएको छ।

प्रकाशित: Oct 14, 2022| 21:30 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।