मंगलबार, वैशाख २९, २०८३

नेपालबाट मनसुन बाहिरिने चरणमा

नेपालबाट यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ। अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं- नेपालबाट यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ। अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

नेपालबाट मनसुन बाहिरिने औसत समय अक्टोबर दुई तारिख हो। तर, मनसुन औसत समयभन्दा झन्डै दुई हप्ता लम्बिसकेको छ। 

अहिले कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 'हाल नेपालमा बलियो मनसुनी प्रणाली छैन। अब नयाँ मनसुनी प्रणाली भित्रिने पनि देखिँदैन। मनसुन बाहिरिने क्रममा रहेकाले बाहिरिएको औपचारिक घोषणाका लागि अन्तिम तयारीमा रहेको छ,' माहाशाखाले भन्यो।

आज दिउँसो  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा चट्याङसहित सामान्य पानी सम्भावना रहेको छ। राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Oct 15, 2022| 08:27 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।