मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सवारीमा मापदण्डअनुसार नम्बरप्लेट राख्न ट्राफिकको अनुरोध

सवारीमा मापदण्डअनुसार नम्बरप्लेट राख्न ट्राफिकको अनुरोध

कानुनले तोकेको मापदण्ड अनुसार सवारीसाधनमा नम्बर प्लेट राख्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। यातायात व्यवस्था ऐनले तोकेको मापदण्ड अनुसार सबै सवारीसाधनमा नम्बर प्लेट राख्न भनेको हो।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- कानुनले तोकेको मापदण्ड अनुसार सवारीसाधनमा नम्बर प्लेट राख्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। यातायात व्यवस्था ऐनले तोकेको मापदण्ड अनुसार सबै सवारीसाधनमा नम्बर प्लेट राख्न भनेको हो। 

National life

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार मापदण्ड सम्बन्धी एक सूचना जारी गर्दै सोही बमोजिम सवारीसाधानको नम्बर प्लेट जडान गर्न अनुरोध गरेको हो। ऐनको अनुसूची २ अनुसार ठूलो र मझौला सवारी साधनको हकमा नम्बर प्लेटको हकमा १४*८ इन्चको, साना चारपाङ्ग्रे सवारीसाधनको हकमा १२*७ इन्चको, तीन पाङ्ग्रे सवारीसाधनको हकमा १०*७ इन्चको र दुई पाङ्ग्रे सवारीसाधनको हकमा ८*५ इन्च हुनुपर्ने प्रावधान छ। 

नम्बर प्लेटमा लेखिने अक्षर र अंकको आकार ठूलो तथा मझौला सवारीसाधनको हकमा कम्तीमा ३ इन्च अग्लो तथा १*२ मोटो हुनुपर्छ। साना चारपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको हकमा २ इन्च अग्लो तथा १*२ इन्च मोटो हुनुपर्ने प्रावधान छ। यस्तै, दुई पाङ्ग्रे सवारीसाधनको हकमा २ इन्च अग्लो तथा ३*८ इन्च मोटो हुनुपर्छ।

यस्तै ट्राफिक प्रहरीले जारी गरेको सूचना अनुसार इम्बोस्ड नम्बर प्लेटको पनि साइजहरु निर्धारण गरेको छ। उक्त मापदण्ड अनुसार ठुला सवारीसाधानको नम्बर अगाडिको ५२०*११० मिलिमिटर तथा पछाडीको हकमा ३४०*२०० मिलिमिटर हुनुपर्ने प्रावधान छ।

यसैगरी मझौला तथा साना चार पाङ्ग्रे सवारीसाधानको हकमा अगाडीको नम्बर प्लेट ४३०*११० मिलिमिटर तथा पछाडिको २८०*१८० मिलिमिटर हुनुपर्छ। साथै साना तीन पाङ्ग्रेमा अगाडिको २४०*१३० मिलिमिटर तथा पछाडिको २४०*१३० मिलिमिटर र दुईपाङ्ग्रे सवारीको अगाडी ३८०*८० मिलिमिटर तथा पछाडीको २४०*१३० मिलिमिटरको हुनुपर्ने प्रावधान छ।

नम्बर प्लेटको चारै तिर १*२ इन्च, मोटरसाइकल स्कूटर आदिको प्लेटमा १*४ इन्च छोडेर अंक र अक्षरमा लेख्नु पर्ने ट्राफिक प्रहरीले जनाएको छ। अंक र अक्षर बीचको दूरी कम्तिमा १*४ इन्च तथा तल्लो र माथिल्लो लाइनको दूरी कम्तिमा १*२ इन्च हुनुपर्ने नियम छ।

यस्तै, तोकिएको मापदण्ड अनुसार नम्बर प्लेट नराखे ऐन अनुसार कारबाही गर्ने चेतावनी ट्राफिक प्रहरीले दिएको छ। साथै ठूलो आवाज निकाल्दै दुई पाङ्ग्रे सवारीसाधन चलाएको पाइएमा समेत कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 14, 2022| 21:00 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।