सोमबार, साउन ११, २०८३

अरिङ्गालको टोकाइबाट खोटाङमा एक जनाको मृत्यु

अरिङ्गालको टोकाइबाट खोटाङमा एक जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

खोटाङ- अरिङ्गालको टोकाइबाट खोटाङमा एक जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडामा रहेको बानाचुङका २६ वर्षीय विनोद परियारको अरिङ्गालले टोकेर ज्यान गएको हो। शुक्रबार बाटोमा हिँडिरहेको बेला गोलाबाट निस्केको अरिङ्गालले चिल्दा परियारको घटनास्थलमै ज्यान गएको हो। 

मृतक परियारसँगै हिँड्दै गरेका त्यही ठाउँका २५ वर्षीया शर्मीला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन्। घाइते दुवै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

अस्पतालमा उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।

प्रकाशित: Oct 15, 2022| 09:37 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।