सोमबार, साउन ११, २०८३

लहानका किशोरको शव विराटनगरको होटलमा भेटियो

सदालाई अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

विराटनगर- विराटनगर बसपार्कको एक होटलमा सिरहाको लहानका १७ वर्षीय अंशु सदाको शव हत्या गरेको अवस्थामा फेला परेको छ।

सदालाई अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ। अपहरणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर विराटनगरको गेष्ट हाउसमा राखिएको पाईएको प्रहरीले जनाएको छ।

१ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङको प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। बिहीबार साँझ हत्या भएको एसपी  कोइरालाको भनाइ छ।

घटनामा संलग्न भएको आशङ्कामा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्कीलाई नियन्त्रणमा लिइएको एसपी कोईरालाले बताए। इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङ भित्र हालेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 14, 2022| 14:16 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।