जुम्लाको सञ्चार सेवालाई थप सुधारका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीमार्फत दुरसञ्चारको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराएको छ।
प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा माछाको अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ। हाल त्यहाँ माछाको कमी हुँदै गएको छ।
यस नाकामा हाल करिब डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल सञ्चालन भइरहेको छ। तत्कालीन समयमा महाकाली नदीमा इष्ट इन्डिया कम्पनीले निर्माण गरेको झोलुङगे पुल यतिबेला जीर्ण अवस्थामा पुगेको छ।
भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान, बालीमा क्षति गर्ने गरेको मधुवन-२ धनैराका स्थानीय भुपाल न्यौपानेले बताए।
वालिङमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन्। घाइते हुनेमा ६८ वर्षीय कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली रहेका छन्।
पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ। सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन्। यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय...
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु समेत रहेका राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिका अहम् रहेको बताएकी छन् ।
काठमाडौं महानगरपालिकाले खुला रूपमा आगो बाल्न रोक लगाएको छ। महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो।