काठमाडौं- धनुषा र बागलुङमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। धनुषाको हंसपुर नगरपालिका–२ ठन्काहास्थित शिधबाबा इँटा उद्योगमा काम गरी बस्ने सर्लाही बलरा नगरपालिका–४ घर भएका किसुन महतोकी २ वर्षीया छोरी पिंकी कुमारी महतोको इँटा भट्टा नजिकै खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ।
खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल तारापट्टीमामा उपचारको क्रममा मृत्यु भएको हो।
बागलुङ को तमानखोला गाउँपालिका-३ घर भई गल्कोट नगरपालिका-६ दरमखोलास्थित दरमखोला एग्रीकल्चर एण्ड रिभर साईडमा ज्याला गरी बस्ने सपना रोकाकी १८ महिने छोरी सोनिया रोकाको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ।
पोखरीमा डुबेर अशक्त भएकी उनको इमर्जेन्सी पोलिक्लिनिक हटिया वाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो।