सोमबार, वैशाख २८, २०८३

निर्वाचन नजिकिएसँगै सवारीसाधन बुकिङ बढ्यो

निर्वाचनमा मतदातालाई गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता–कार्यकर्ताले धमाधम बुकिङ गरेपछि भरिभराउ भए बस।
 |  आइतबार, कात्तिक २७, २०७९

रासस

रासस

आइतबार, कात्तिक २७, २०७९

National life

काठमाडौं– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग ह्वात्तै बढेको छ। निर्वाचन आउन एक साता बाँकी हुँदा काठमाडौंबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको संख्या बढेपछि टिकट बुकिङ बढेको हो। 

नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अध्यक्ष विजयबहादुर स्वाँरले निर्वाचनमा मतदातालाई गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ताले धमाधम बुकिङ गरेको जानकारी दिए। 

‘मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासंघमा फोन गरेर बस बुकिङ गरिरहेका छन्’, उनले भने। महासंघले गत साता निर्वाचनमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि २८५ बस उपलब्ध गराएको थियो।

प्रकाशित: Nov 13, 2022| 12:57 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।