काठमाडौं- धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
ज्वालामुखी गाउँपालिका-४ खरीमा शनिबार राति ग१ज ५५८० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।
टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ज्वालामुखी-४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।
चालकसहित पाँच जना घाइतेहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ।