काठमाडौं- बझाङमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको पातादेवल केन्द्रविन्दु भएर ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का नेपालका कर्णाली, सुदूरपश्चिमलगायत भारतमा पनि महसुस भएको थियो । बीबीसी हिन्दीले सो भूकम्पको धक्का भारतको राजधानी दिल्लीसम्म झन्डै ५० सेकेन्डसम्म महसुस भएको लेखेको छ। शनिबार राति आएको भूकम्प एक साताभित्र पश्चिम नेपाल केन्द्रविन्दु भएर गएको दोस्रो भूकम्प हो।
यसअघि गत बुधबार मध्यराति डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो।