सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाराको पचरौता नगरपालिकाका प्रमुख सिंहलाई २५ हजार जरिवाना

बाराको पचरौता नगरपालिकाका प्रमुख सिंहलाई २५ हजार जरिवाना

वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको हो।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धरसिंह जैसवारलाई २५ हजार जरिवाना गरेको छ।

National life

वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको हो। 

आयोगले उक्त नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्च बाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखेर पठाएको छ। 

आयोगले काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार पुकार बमलाई पाँच हजार जरिवाना गरेको छ। उनले निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेको आयोगले जनाएको छ। 

राजनीतिक गतिविधि तथा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्ती तथा नेकपा (एमाले)को चुनाव प्रचारप्रसारमा लागेकाले अछामको साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई पाँच-पाँच हजार जरिवाना गरेको छ। 

प्रकाशित: Nov 12, 2022| 21:15 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।