दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो। भुटान ६८ अंक प्राप्त गरी २५ औँ स्थानमा छ। यस्तै भारत र चीन समान ४१ अंक प्राप्त गरी ८० औँ स्थानमा...
जमिन आफ्नो नाममा नहुँदा किसानले राज्यबाट पाउने सेवा सुविधा पनि पाउन सकेका छैनन् । संघदेखि, प्रदेश र स्थानीय सरकारले किसानलाई दिने राहत र अनुदानबाट वञ्चित छन्।
माघ १८ गते सर्लाहीकै गोडैतामा किसान भेला गरी काठमाडौं केन्द्रीत आन्दोलनबारे निर्णय लिइने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिएका छन्।
जिल्लाका सहरी क्षेत्रहरु बुटवल, भैरहवा, मणिग्राम, मुर्गिया, देवदह र लुम्बिनीमा फोहोरमैला व्यवस्थापनमा स्थानीय तहलाई सकस नै परेको छ। नगरपालिकाले गाडीमा त उठाउँछ फोहोर तर कहाँ लगेर फाल्ने भन्ने समस्या छ।
राष्ट्रिय सभाका एकतिहाई सदस्यका लागि आज (बिहीबार) मतदान हुँदैछ । कुनै बाधा/अवरोध नआए गणना प्रारम्भ भएको एक/डेढ घण्टामा परिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।
अदुअआ ऐनको संशोधन विधेयकमा ‘अब अख्तियारले संघीय मन्त्रिपरिषद्का साथै प्रादेशिक मन्त्रिपरिषद्बाट हुने नीतिगत निर्णयहरू अनुसन्धान गर्न नपाउने’ उल्लेख छ ।
चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोबिन्द केसीका एक जना समर्थक नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्ने भएपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा छनोट प्रक्रिया रोकिएको छ।
कर्णाली प्रदेशलाई आउँदो असार महिनासम्म छाउगोठमूक्त प्रदेश बनाउने प्रतिबद्धता जनाइएको छ। तीन तहका सरकारका प्रतिनिधिले असारसम्म कर्णालीलाई छाउगोठमुक्त बनाउने प्रतिबद्धता जनाएका हुन्।