बुधबार, भदौ ३, २०८३

अब मापसे चालकलाई हिरासतमा राखेर मुद्दा चलाइने

मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

धादिङ- मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको मृत्यु हुनुका साथै ३२ भन्दा बढी घाइते भएका थिए ।

बुधबार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाजसहितको सर्वपक्षीय बैठकमा सो सहमति भएको थियो । बैठकले सहमतिलाई पालन गराउन प्रभावकारी अनुगमन समेत गर्ने निर्णय समेत गरेकोे छ ।

सिटभन्दा बढी यात्रु चढाउने तथा मालबाहक सवारीले यात्रु चढाउने गरेमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी कारवाही गर्ने सहमति बैठकमा भएको छ ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङले भने, “सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा सवारी चालकलाई अबदेखि जरिवाना होइन, हिरासतमा राखेर कारवाही गर्नेछौं।”

बीमा नभएका सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने, बिलबुकमा प्रयोजन भनिएको अनुसार सवारी सञ्चालन गर्ने, प्रदूषण पास नभएका सवारी सञ्चालनमा रोक लगाउने, सामान ढुवानी गर्दा सवारी साधनको बाहिर निस्कने गरी सामग्री राख्न नपाइने निर्णय बैठकले गरेको छ ।

ट्राफिक प्रहरीले सवारी चालक र यात्रुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टाइम कार्ड व्यवस्था गर्ने, मापसे परीक्षण गर्ने, रातिका लागि विशेष साङ्केतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रु सङ्ख्याभन्दा बढी यात्रु राखेमा कारवाही गर्ने निर्णय गरेको छ ।

जिल्लाको प्रमुख तीर्थस्थल ढोलामण्डलीलाई सभ्य बनाउने, मण्डली क्षेत्रमा मदिरा पूर्णरूपमा बन्द गर्ने सहमति गरिएको छ । बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो । रासस

प्रकाशित: Jan 23, 2020| 08:38 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।