बुधबार, भदौ ३, २०८३

नेपालमा भ्रष्टाचार घट्यो, दक्षिण एसियामा चौथो

दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो। भुटान ६८ अंक प्राप्त गरी २५ औँ स्थानमा छ। यस्तै भारत र चीन समान ४१ अंक प्राप्त गरी ८० औँ स्थानमा छन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचार घटेको प्रतिवेदन सार्वजनिक गरेको छ। ट्रान्सपरेन्सीले सार्वजनिक गरेको पछिल्लो भ्रष्टाचार इन्डेक्सअनुसार नेपाल सन् २०१९ मा ११३ औं स्थानमा छ। गत वर्ष १२४ औं स्थानमा थियो।

१८० वटा देशको अध्ययनमा सबैभन्दा बढी भ्रष्टाचार हुने देशको पुछारबाट नेपाल ६७ औं स्थानमा परेको छ। सबैभन्दा कम भ्रष्टाचार हुनेमा डेनमार्क रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुनेमा सोमालिया छ।

विश्व बैंक, आइएमएफ, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस परियोजना र भिडिइएमले गरेको अनुसन्धानमा विश्वका १८० देशमा भ्रष्टाचारको अवधारणागत अवस्थालाई वरीयताक्रममा राखिएको छ।

दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो। भुटान ६८ अंक प्राप्त गरी २५ औँ स्थानमा छ। यस्तै भारत र चीन समान ४१ अंक प्राप्त गरी ८० औँ स्थानमा छन्।

श्रीलंका ३८ अंक प्राप्त गरी ९३ औँ स्थानमा, माल्दिभ्स २९ अंक प्राप्त गरी १३० औँ स्थानमा र अफगानिस्तान १६ अंक प्राप्त गरी १७३ औँ स्थानमा छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल च्याप्टरका अध्यक्ष मुकुन्द प्रधानका अनुसार सन् २०१९ मा विश्वभर भ्रष्टाचार विरोधी अभियानमा शिथिलता आएको छ।

दक्षिण एसियाली मुलुकको अवस्था
भुटान– २५
भारत– ८०
श्रीलंका– ९३
नेपाल– ११३
पाकिस्तान– १२०
बंगलादेश– १४६
अफगानस्तिान– १७३

याे पनि ...

निर्वाचन प्रणालीले भ्रष्टाचार बढायाे: अख्तियार

प्रकाशित: Jan 23, 2020| 13:00 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।