बुधबार, भदौ ३, २०८३

असारसम्म कर्णालीलाई छाउगोठमूक्त बनाइने

कर्णाली प्रदेशलाई आउँदो असार महिनासम्म छाउगोठमूक्त प्रदेश बनाउने प्रतिबद्धता जनाइएको छ। तीन तहका सरकारका प्रतिनिधिले असारसम्म कर्णालीलाई छाउगोठमुक्त बनाउने प्रतिबद्धता जनाएका हुन्।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

सुर्खेत - कर्णाली प्रदेशलाई आउँदो असार महिनासम्म छाउगोठमूक्त प्रदेश बनाउने प्रतिबद्धता जनाइएको छ। तीन तहका सरकारका प्रतिनिधिले असारसम्म कर्णालीलाई छाउगोठमुक्त बनाउने प्रतिबद्धता जनाएका हुन्। भौतिक रुपमा मात्रै नभई मनदेखि नै छाउपडी अन्त्यका लागि साझा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।

संघीय सरकारका महिला, बालकालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कर्णालीका १० जिल्लाका जिल्ला समन्वय समितिका पदाधिकारी, ७९ वटै स्थानीय तहका प्रतिनिधि र अभियन्ताहरुले छाउपडी अन्त्यका लागि साझा प्रतिबद्धता जनाएका हुन्।

मन्त्री गुरुङले महिनावारी भएकै कारण कुनै किशोरीहरुमाथि अन्याय भए परिवार र आफन्तहरुलाई कानूनी कारबाही गर्ने जनाए। ‘महिनावारी भएको बेला घरमा बस्दा देउता रिसाउँछन् भन्ने भ्रम चिर्न साझा अभियान थालेका हौं’ उनले भने, ‘छाउगोठ त भत्कियो तर मनको गोठ भत्काउन तीन वटै तहका सरकारहरुमा एउटै संकल्प गराउन मन्त्रालय पश्चिम नेपाल भ्रमणमा आएको हो।’

यस्तै प्रहरी महानिरीक्षक खनालले बल प्रयोग गरेर भएपनि छाउगोठहरु भत्काउने गरिएको बताए। ‘अब छाउगोठमा कुनै पनि दिदीबहिनीको मृत्यु हुने छैन’ खनालले भने, ‘प्रहरीले भौतिक छाउगोठ भत्काउँछन्, मनको छाउगोठ भत्काउन सबैले हातेमालो गरौं।’ छाउगोठ भत्काउँदा कसैले अवरोध गरे डण्डा लगाएरै भएपनि छाउगोठ भत्काउने उनले बताए।

छाउगोठसँगै जातीय छुवाछुत र बालविवाह पनि एक वर्षभित्र अन्त्य गर्ने साझा घोषणापत्रमा उल्लेख छ।

प्रकाशित: Jan 22, 2020| 19:33 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।