बुधबार, भदौ ३, २०८३

प्रदेश ५ मा तीनजना माननीय चुन्न ३३५ जना मतदान गर्दै

तीन सिटका लागि नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबाट गरी ९ जना चुनावी प्रतिस्पर्धामा छन् ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

भैरहवा–राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर ५ मा पनि मतदान भइरहेको छ । दाङमा भइरहेको निर्वाचन केन्द्रमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ति, प्रदेश सरकारका मन्त्रीहरु सहित अधिकांशले मतदान गरिसकेका छन् ।

उक्त निर्वाचन प्रक्रियामा प्रदेशसभा सदस्यहरु ८७ जना र स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख २ सय १८ जना गरी कुल ३३५ जनाले मतदाता गर्दैछन् । मतदानमा भाग लिन १२ जिल्लाका सबै स्थानीय सरकार प्रमुख तथा प्रदेश ५ का सांसदहरु यतिबेला दाङमा छन् ।

प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मीना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।

तीन सिटका लागि नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबाट गरी ९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

 

प्रकाशित: Jan 23, 2020| 13:31 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।