बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत मुद्दा दायर गरेको छ।
नेपाली पर्यटन क्षेत्रको सुधारका लागि विश्व शान्ति पूजा गरिएको छ। नेपाल पर्वतारोहण संघको आयोजना र नेपाल पर्यटन बोर्ड तथा नेपाल भ्रमण वर्ष सचिवालयको सहयोगमा पोखरामा तीन दिनसम्म पूजा भएको हो।
प्रदेश नम्बर ५ को प्रदेश सभाले स्थापनाको दोस्रो वर्षगाँठ मनाएको छ । कार्यक्रममा प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेल एवं मन्त्री तथा सांसदहरुको उपस्थिति थियो ।