बुधबार, भदौ ३, २०८३

धरौटीमा छुटे ज्यान मार्ने उद्योग आरोपी वडाध्यक्ष

ज्यान मार्ने उद्योगमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडा अध्यक्ष रामप्रसाद यादवलाई जिल्ला अदालतले ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं- ज्यान मार्ने उद्योगमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडा अध्यक्ष रामप्रसाद यादवलाई जिल्ला अदालतले ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ।

प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पुर्‍याएका यादवलाई जिल्ला अदालतले बुधबार ४५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो। यादवको बुधबार नै बयान र थुनछेक बहस भएको थियो।

अदालतका श्रेस्तेदार दिलकुमार बर्देवाले यादवलाई ४५ हजार धरौटीमा छोड्न आदेश दिएको जानकारी दिए। यादवविरुद्ध शिवप्रसाद यादवले ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेका थिए।

मुद्दा उनी जनप्रतिनिधी चयन हुनुपूर्वको हो। यादवको बयान चलिरहेको बताए । यादव राजपाबाट निर्वाचित वडा अध्यक्ष हुन्।

प्रकाशित: Feb 05, 2020| 18:11 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।