बुधबार, भदौ ३, २०८३

ज्यान मार्ने उद्योगमा फरार वडा अध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योगमा अदालतमा मुद्दा खेपिरहेका एक वडा अध्यक्षलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं- ज्यान मार्ने उद्योगमा अदालतमा मुद्दा खेपिरहेका एक वडा अध्यक्षलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ का अध्यक्ष रामप्रसाद यादव छन्। जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका यादवलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ।

सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले अदालतबाट पक्राउ पूर्जी जारी भएका यादवलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जानकारी दिए।

यादवविरुद्ध ४–५ वर्ष पहिले नै जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको बुझिएको छ। अदालतका श्रेस्तेदार दीलकुमार बर्देवाले यादवको बयान चलिरहेको बताए।

यादव राजपाबाट निर्वाचित वडा अध्यक्ष हुन्।

प्रकाशित: Feb 05, 2020| 14:45 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।