बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटन क्षेत्र सुधारका लागि विश्व शान्ति पूजा, प्रमुख अतिथि प्रचण्ड

पर्यटन क्षेत्र सुधारका लागि विश्व शान्ति पूजा, प्रमुख अतिथि प्रचण्ड

नेपाली पर्यटन क्षेत्रको सुधारका लागि विश्व शान्ति पूजा गरिएको छ। नेपाल पर्वतारोहण संघको आयोजना र नेपाल पर्यटन बोर्ड तथा नेपाल भ्रमण वर्ष सचिवालयको सहयोगमा पोखरामा तीन दिनसम्म पूजा भएको हो।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– नेपाली पर्यटन क्षेत्रको सुधारका लागि विश्व शान्ति पूजा गरिएको छ। नेपाल पर्वतारोहण संघको आयोजना र नेपाल पर्यटन बोर्ड तथा नेपाल भ्रमण वर्ष सचिवालयको सहयोगमा पोखरामा तीन दिनसम्म पूजा भएको हो।

सोमबारबाट सुरु भएको पूजाको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरेका थिए भने विहीबार समापन कार्यक्रमको प्रमुख अतिथि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहे।

संघका अध्यक्ष शन्तविर लामाले चिनियाँ समाचार संस्था सिन्ह्वालाई दिएको जानकारीअनुसार विश्वमा विभिन्न समस्या आएपरेकोले विश्व शान्ति पूजाको आयोजना गरिएको हो। उनले पर्वतारोहणका क्रममा मृत्यु भएकाहरुको आत्माको चीर शान्तिका लागि पनि पुजा आयोजना गरिएको बताए।

केही साताअघि पर्वतारोहणका क्रममा केही विदेशी पर्यटकहरुको मृत्यु भएको थियो।

यसैबीच, पर्वतारोहण संघले आयोजना गरेको उक्त पुजाका लागि लुम्बिनीको शान्तिदिप पनि पोखरा लगिएको छ।

प्रकाशित: Feb 05, 2020| 13:24 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।