बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललिता निवास जग्गा प्रकरणमा तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध मुद्दा

ललिता निवास जग्गा प्रकरणमा तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध मुद्दा

बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत मुद्दा दायर गरेको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत मुद्दा दायर गरेको छ।

उक्त जग्गा व्यक्तिका नाममा गर्ने कार्यमा संलग्न ३ पूर्व मन्त्री र ३ पूर्व सचिवसहित १७५ जनाविरुद्ध मुद्दा अख्तियारले मुद्दा दायर गरेको हो।

जग्गा अनियमिततामा संलग्न तत्कालिन मन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, पूर्वसचिवहरु दिपकुमार बस्न्यात, दिनेशहरि अधिकारी र छविराज पन्तसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्तसमेत हुन्।

विशेष अदालतका सूचना अधिकारी इन्द्रकुमार खड्काले अख्तियारको आरोपपत्र अदालत आइपुगेको र रुजु गर्ने काम भइरहेको बताए।

ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि अनुसन्धान गरेर केही दिन पहिले प्रतिवेदन बुझाएको थियो।

यसअतिरिक्त पूर्व निर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँविरुद्ध पनि अख्तियारले मुद्दा दायर गर्ने भएको छ।

त्यस्तै, चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतममाथि पनि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय अख्तियारले गरेको छ। ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा अख्तियारले यी आरोपीहरुविरुद्ध मुद्दा चलाउने भएको हो।

अख्तियारले दायर गरेकाे आराेप पत्र सूचीसहित

 

प्रकाशित: Feb 05, 2020| 17:16 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।