भैरहवा । प्रदेश नम्बर ५ को प्रदेश सभाले स्थापनाको दोस्रो वर्षगाँठ मनाएको छ । कार्यक्रममा प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेल एवं मन्त्री तथा सांसदहरुको उपस्थिति थियो ।
दोस्रो वर्षगाँठ मनाइरहँदा प्रदेश सभाको पाँचाैं अधिवेशन शुरु भएको छ । अहिलेसम्म प्रदेशसभाले ४८ वटा कानुन निर्माण गरेको सभामुख पूर्ण घर्तिले बताए । यद्यपि प्रदेशसभाले सबैभन्दा महत्वपूर्ण विषय प्रदेशको नाम र राजधानीको भने अहिलेसम्म टुंग्याउन सकेको छैन ।