बुधबार, भदौ ३, २०८३

प्रदेश १ को पाँचौ अधिवेशन भोलि सुरु हुँदै

असोज ८ गते चौथो अधिवेशन सम्पन्न गरेको प्रदेश १, प्रदेशसभाको पाँचौ अधिवेशन बिहीबार सुरु हुँदैछ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

इटहरी- असोज ८ गते चौथो अधिवेशन सम्पन्न गरेको प्रदेश १, प्रदेशसभाको पाँचौ अधिवेशन बिहीबार सुरु हुँदैछ। दिउँसो ३ बजे सुरु हुने भनिएको अधिवेशनसँगै प्रदेश १ को नामाकरणको चर्चा बढेको छ।

२०७४ माघ २२ गते पहिलोपटक बैठक बसेको प्रदेश १ को प्रदेशसभाले प्रदेश १ को नामकरण गर्न सकेको छैन। २०७६ बैशाख २३ गते प्रदेश राजधानी तोके पनि प्रदेश १ को नामकरण भने अझैसम्म हुन सकेको छैन।

अबको अधिवेशनले भने नामकरण गर्ने छलफल गर्ने सत्तारुढ दल नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए। भण्डारीका अनुसार बैशाखसम्म सञ्चालन हुने हिउँदे अधिवेशनले नामाकरणको मुद्दा अघि बढाउनेछ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले पनि सदन सञ्चालन भएपछि नामाकरणको कुरा उठ्ने बताए।

सदनको दुई तिहाइ मतबाट पारित गरेर प्रदेशको नामकरण गर्ने संवैधानिक व्यवस्था छ। ९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ नेकपाका दुई तिहाइ बढि अर्थात् ६७ सांसद छन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका २१ तथा समाजवादी पार्टीका ३ सांसद छन्। राप्रपा र संघीय लिम्बुवान मन्त्रका भने एक–एक जना सांसद छन्।

प्रदेश १ को नाम के राख्ने भन्नेमा सदनमा छलफल भएको छैन। तर, अनौपचारिक रुपमा भने कोशी, सगरमाथा, किँरात, लिम्बुवान, विजयपुर आदि राख्ने बहस अहिले भइरहेको छ।

प्रकाशित: Feb 05, 2020| 19:36 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।