बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वडाध्यक्ष मृत्युको सत्यतथ्य छानविन गर्न कांग्रेसको माग

वडाध्यक्ष मृत्युको सत्यतथ्य छानविन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं- नेपाली कांग्रेसले अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ।

बुधबार शोक वक्तव्य जारी गर्दै काँग्रेसले वडाध्यक्ष धामीको मृत्युको यथार्थ छानबिन र अनुसन्धान गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा वडाध्यक्ष धामी स्थानीयको भैंसी गोठमा रहस्यमय ढंगले मृत भेटिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनाको घोर निन्दा र भत्र्सना गरेको छ।

यस्तै काँग्रेस संसदीय दलले वडाध्यक्ष धामीको रहस्यमय मृत्युले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप लगाएको छ। प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तीमा जनप्रतिनिधिकै हत्या हुनु दुःखद भएको उल्लेख छ।

प्रकाशित: Feb 05, 2020| 16:47 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।