आइतबार, जेठ ३, २०८३

केड र इसेवाबीच सम्झौता

सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडका तर्फबाट प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरेका छन्।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- भुक्तानी सेवा प्रदायक इसेवा र फेसन ब्राण्ड उत्पादक कम्पनी केड कम्पनी प्रा.लि. बीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडका तर्फबाट प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरेका छन्।

National life

उक्त समझदारी पश्चात् भुक्तानी एकीकरण गरिने र इसेवाका ग्राहकहरुले केडका सामान खरीद गर्दा वेव चेकआउट र एपबाट सजिलैसँग भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। 

सम्झौता कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले इसेवाका लाखौं ग्राहकहरुले केडका गुणस्तरीय सामान खरीद गर्दा सहज तरिकाले भुक्तानी गर्न सकिने  आउँदा दिनमा सहकार्यबाट बढी फाइदा दिन सकिने बताए। यस्तै केडकी प्रबन्ध निर्देशक दिप्रिना शाक्यले सम्झौताले इसेवाका ग्राहकहरुलाई केडका सामान किन्दा भुक्तानी गर्न सहजता मात्र नभई केड र इसेवा बीच रणनीति साझेदारीको ढोका पनि खोलेको धारणा व्यक्त गरिन्। 

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत करिब ७० लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका एक लाख ८५ हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्। इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।

गुण समूहद्वारा स्थापित र प्रवद्धित केड कम्पनी प्रा.लि. ले विगत पाँच महिनादेखि केड ब्राण्डका फेशन प्रडक्ट उत्पादन गर्दै आएको छ।


प्रकाशित: Feb 13, 2023| 16:40 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्