आइतबार, जेठ ३, २०८३

इसेवाका सिइओ कोइराला म्यानेजर अफ दि इयरबाट सम्मानित

व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले कोइरालालाई सम्मान गरेको हो।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं-  इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालालाई म्यानेजर अफ दि इयर २०२२ बाट सम्मान गरेको छ। व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले कोइरालालाई सम्मान गरेको हो।

National life

नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै संस्थाले कोईरालालाई उक्त सम्मान गरेको हो। शनिबार राजधानीको होटल एभरेष्टमा भएको एक समारोहमा कोइरालालाई सम्मान गरिएको हो।

समारोहमा प्रमुख कार्यकारी अधिकृत कोइरालाले विदेशमा रहेका नेपालीहरूको मायाँ र सद्भावले नै आफुहरू यस स्थानमा आइपुगेको भन्दै विशेष धन्यवाद दिए। बिगत १८ वर्षदेखि रेमिट्यान्स्को क्षेत्रमा अनवरत रूपमा लागेका कोइरालाले पछिल्लो समय इसेवा मनि ट्रान्स्फरको नेतृत्व गरिरहेका छन्। इसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्स्लाई जोड दिँदै आएको छ।

विश्वका दुई सय बढी मुलुकबाट इसेवा मनि ट्रान्स्फरमार्फत ८० प्रतिशतभन्दा बढी रेमिट्यान्स् डिजिटल रूपमा भित्रिँदै  आएको छ।


प्रकाशित: Feb 13, 2023| 16:24 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्