सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आत्मदाह गरेका आचार्यका परिवारले पाए आधा करोड बढी बिमा रकम

आत्मदाह गरेका आचार्यका परिवारले पाए आधा करोड बढी बिमा रकम

आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा ११ माघमा निधन भएको थियो।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

National life

काठमाडौं– गत १० माघ दिउँसोमै संघीय संसद् अगाडि आफैंमाथि पेट्रोल छर्किएर आत्मदाह रोजेका इलामका प्रेम आचार्यको परिवारलाई बिमा कम्पनीले ५० लाख १२ हजार १९४ रुपैयाँ दाबी भुक्तानी गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमाबापतको रकम आचार्यको परिवारलाई उपलब्ध गराएको हो।

आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा ११ माघमा निधन भएको थियो।

बिमा दाबी भुक्तानीबापत मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत रकम हस्तान्तरण गरेको कम्पनीका इलाम शाखा प्रमुख टंक श्रेष्ठले बताए। आचार्यको निधनभएपछि उनको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ।

प्रकाशित: Feb 13, 2023| 15:55 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्