आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एमएडब्लु ग्रुप र चीनको सेरेस समूहबीच रणनीतिक साझेदारी

एमएडब्लु ग्रुप र चीनको सेरेस समूहबीच रणनीतिक साझेदारी

एमएडब्लुका अनुसार सन् २०२३ तेस्रो त्रैमासदेखि सेरेसले एमएडब्लुको डिलरसिपको विस्तृत सञ्जालमार्फत नेपालमा इभी एसयुभी, इभी सेडान र मिनी इभी सार्जनिक गर्ने छ। सेरेस समूह युरोपेली बजारमा प्रवेश गर्ने चिनियाँ अटो कम्पनीहरूको पहिलो ब्याच हो।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं-  नेपालको दोस्रो ठूलो अटो ग्रुप एमएडब्लु समूह र चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी सेरेस समूहसँग अत्याधुनिक इलेक्ट्रिक गाडी नेपाली बजारमा ल्याउन रणनीतिक साझेदारी गरेको छ। 

National life

एमएडब्लुका अनुसार सन् २०२३ तेस्रो त्रैमासदेखि सेरेसले एमएडब्लुको डिलरसिपको विस्तृत सञ्जालमार्फत नेपालमा इभी एसयुभी, इभी सेडान र  मिनी इभी सार्जनिक गर्ने छ। सेरेस समूह युरोपेली बजारमा प्रवेश गर्ने चिनियाँ अटो कम्पनीहरूको पहिलो ब्याच हो।

सेरेसले विश्वको अग्रणी थ्री-इलेक्ट्रिक कोर टेक्नोलोजीलाई नियन्त्रण गर्छ र यो एक आन्तरिक अग्रणी गाडी निर्माता पनि हो। 

'सेरेस समूहसँग मिलेर अत्याधुनिक इभी नेपाल ल्याउन पाउँदा खुसी छौं', एमएडब्लुका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, 'ग्राहकलाई नवीनतम र सबैभन्दा नवीन अटोमोटिभ उत्पादन उपलब्ध गराइरहेका छौं। सेरेससँगको साझेदारीले हामीलाई नेपाली अटो बजारमा हाम्रो नेतृत्व स्थिति अझ बलियो बनाउन मद्दत गर्ने छ।'

सेरेस समूहका आयात तथा निर्यात कर्पोरेसनका उपमहाप्रबन्धक झाउ लिगाङले सेरेस विश्वव्यापीस्तरमा जोडिएका सबै कुराको साथ अटोमोटिभ इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध रहेको बताए।  'हामी हाम्रा इभीहरू नेपाली बजारमा ल्याउन एमएडब्लु समूहसँग साझेदारी गर्न पाउँदा खुसी छौं। हामी विश्वस्त छौं कि हाम्रा उच्च गुणस्तरीय र कुशल इभी नेपाली उपभोक्ताले राम्रोसँग प्राप्त गर्नेछन् र हामी एमएडब्लुसँग मिलेर नेपालमा इभी प्रयोगलाई अगाडि बढाउन तत्पर छौं।'

सेरेस समूह चीनको सबैभन्दा ठूलो इभी उत्पादकमध्ये एक हो। सन् १९८६ मा स्थापित यसले ७० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ। एमएडब्लुमा हाल १ हजारभन्दा बढी कर्मचारी काम गर्छन्। यो नेपालको दोस्रो ठूलो अटो समूह हो। यसले जेसिबी, यामाहा, स्केडा, फेटोन, चाङ्गनलगायत २१ प्रकारका अटो, कमर्सियल र प्यासेन्जर  ब्रान्ड प्रतिनिधित्व गर्छ। 

प्रकाशित: Feb 13, 2023| 15:32 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्