आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सेती नदीमा निर्माण हुँदै पक्की पुल

सो स्थानमा पुल नहुँदा वडा–२ सार्दी खोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ।
 |  बुधबार, कात्तिक ९, २०७९
nespernesper

रासस

रासस

बुधबार, कात्तिक ९, २०७९

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेबल पुल निर्माण सुरु भएको छ। सो स्थानमा पुल नहुँदा वडा–२ सार्दी खोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ। 

triton college

लामो समयको प्रतीक्षापछि अहिले पुल निर्माणको काम अघि बढेपछि स्थानीय उत्साहित छन्। सेतीमा पुल नहुँदा झोलुंगेबाट जोखिम मोलेर मोटरसाइकल वारपार भए पनि ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ।

माछापुच्छ्रे–२ सार्दी खोलाका पुष्पराज गौतमले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पुल निर्माणको काम भइरहेको बताए।

उनले भने, ‘पुल नहुँदा हामीलाई धेरै सास्ती थियो। गाउँपालिका मुकाम जानसमेत पोखरा भएर जानुपर्ने बाध्यता छ। अहिले पुल निर्माणको काम सुरु हुँदा खुसी छौँ। यसै वर्षभित्र पुलको काम सकिए अर्को बर्खायामा सहज हुन्थ्यो।’ 

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको पहलमा पुल निर्माण थालिएको हो। उनले नै पुलको शिलान्यास गरेका थिए।

Metro Mart
vianet

माछापुच्छ्रे-२ सार्दी खोला र वडा–३ घाचोक जोड्ने गरी प्रदेश सरकारको १० करोड ४३ लाख ५७ हजार लागतमा पुल निर्माण गर्न हिमदुङ एन्ड थोकर र रामजानकी जेभी काठमाडौंसँग ठेक्का सम्झौता भएको छ।

पूर्वाधार विकास कार्यालय कास्कीका अनुसार सो पुल आगामी २०८० साउनसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ। पुलको लम्बाइ ७० मिटर छ।

गण्डकी प्रदेश सरकारले पाँच वर्षे अवधिमा माछापुच्छ्रे दुई पक्की मोटरेबल पुल निर्माण गरेको छ भने तीन वटाको काम भइरहेको छ। माछापुच्छ्रे–६ इदीखोलामा भिँडाबारी र डाँडागाउँ जोड्ने गरी पक्की पुल बनेपछि सञ्चालनमा आएको छ। 

यसैगरी वडा–५ रिभानस्थित खहरे खोलामा समेत मोटरेबल पुल निर्माण गरिएको छ। वडा–६ र ४ लाहाचोक जोड्ने पक्की पुलका लागि गण्डकी प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा ५ करोड ५० लाख विनियोजन गरिएको छ।

वडा–१ को धिप्राङ खोलामा मोटरेबल पुल निर्माण गर्न ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए।

प्रकाशित: Oct 26, 2022| 11:25 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।