आइतबार, वैशाख ७, २०८२

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो।
 |  बुधबार, कात्तिक ९, २०७९
nespernesper

रासस

रासस

बुधबार, कात्तिक ९, २०७९

vianetvianet

भरतपुर- भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो। 

triton college

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले अहिले चार बिघामा फूल रोपेप्नुभएको छ। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उहाँको भनाइ छ। पाख्रिनले भन्नुभयो, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो।” 

कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उहाँले बताउनुभयो। तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ। जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उहाँले बताउनुभयो। पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरुपमा सयपत्री फूलको उत्पादन गर्दै आउनुभएको छ।

चितवनमा यो पेसा गर्नुभएको पाख्रिनले पाँच वर्ष भयो। धादिङ फूलखर्क–४ का उहाँले नौबिसेबाट पुष्प खेतीको सुरुआत गर्नुभएको थियो। यसका लागि उहाँले शिक्षण पेसासमेत छोड्नुभयो। बीस वर्ष अगाडि उहाँले काठमाडौँको लगनखेल स्थित बालविद्या गृहमा इतिहास र भूगोल विषय पढाउनु हुन्थ्यो। मानविकी सङ्कायमा स्नातक गर्नुभएका पाख्रिनले कक्षा १० सम्मका विद्यार्थीलाई अध्यापन गराउनुहुन्थ्यो तर, उहाँलाई शिक्षण पेसाले आत्मसन्तुष्टि भने दिन सकेन। 

उहाँ भन्नुहुन्छ, “फूलसँग रमाउने मेरो रुची हो। सानैदेखि फूल प्रति मेरो मोह नै छ। मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ। जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ।”

National life insurance

यसपछि पनि पाख्रिनले फूल खेतीमा व्यावसायिक रुपमा लाग्ने सोच्नुभएको थिएन। उहाँले छ वर्ष क्रिष्टल इन्स्टिच्युट कमलपोखरी काठमाडौँमा फोटो सम्बन्धि पढानुभयो। यसले पनि उहाँको तिर्खा मेट्न सकेन। अन्ततः दुईवटा काम छोडेपछि पाख्रिनले आफूलाई चाहेको गन्तव्य पहिल्याउनुभयो। पुष्प किसान बन्ने निधो गर्नुभयो। त्यसयता उहाँ फूलसँग नाता गासेर रमाउँदै हुनुहुन्छ। यो व्यवसाय गर्नका लागि उहाँलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ। उनीहरुका दुई छोरी र दुई छोरा छन्। 

फूलको माग पुर्‍याउन धौधौ

पुष्प खेतीबाट पर्याप्त आम्दानी हँुदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बन्नुभएको छ। “फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन। १० हजार माला मात्र बेचे मुनाफा रु दुई लाख हुन्छ। चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्‍याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन”, उहाँले भन्नुभयो।

बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ। फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उहाँको भनाइ छ।  

रोजगारीको राम्रो अवसर 

६२ वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसक्नुभएको छ। जो अहिले व्यावसायिकरुपमा फूलखेती गरिरहेका छन्। पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन्। मौसमी रोजगारी धेरैले पाउने गरेको कामदार बताउँछन्। जसले खाली समय उपयोगसँगै आर्थिकरुपमा सबल बनाउन सहयोग पुगेको भीममाया रानामगर बताउनुहुन्छ। 

“विगत तीन वर्षदेखि फूल गोडमेल, फूल टिप्ने, माला उन्ने, औषधि राख्नेलगायतको काम गर्दै आएका छौँ। घर खर्च, छोराछोरीको टिफिन खर्च आफैँले पु¥याउन सक्दा खुसी लाग्छ”, उहाँले भन्नुभयो। भीममायासँगै सन्तमाया थापामगर, विसरा थापामगर, फूलमाया रानामगर, सीता सुवेदी, सुमित्रा भण्डारीलगायत पाख्रिनको फूलबारीमा काम गर्दै आउनुभएको छ। उहाँहरुलाई घरपरिवारको रोकटोक छैन। 

स्थानीय सीता सुवेदी भने उद्योग व्यवसाय धेरै भए मौसमी बेरोजगार बन्नुनपर्ने बताउनुहुन्छ। तीन महिनादेखि पाख्रिनको फूलबारीमा काम गर्दै आउनुभएकी सुवेदीले अन्यबेला खाली बस्नुपर्ने गुनासो गर्नुभयो। “आफ्नै लगानी गरेर केही गरुँ भने रकम छैन। केही व्यवसाय छन् तर बाह्रै महिना काम दिन सक्दैनन्। काम नपाएको समयमा खाली बस्नु पर्छ”, उहाँले भन्नुभयो। 

फ्लोरी कल्चर एशोसिएशन चितवनका अनुसार जिल्लामा अहिले ३५ देखि ४० बिघामा सयपत्री फूलको खेती गरिएको छ। यसले जिल्लाको ८० प्रतिशत माग पूरा गर्ने फ्लोरी कल्चर एशोसिएशनका कोषाध्यक्ष सुलभ श्रेष्ठले जानकारी दिनुभयो। मखमली फूल भने कमै लगाइएको छ। जिल्लामा १२ जना व्यावसायिकरुपमा फूल खेती गर्दै आएका छन्। तिहार लक्षित पुष्पखेती गर्ने किसान गरी एक सय बढी रहेको श्रेष्ठको भनाइ छ।  

प्रकाशित: Oct 26, 2022| 10:45 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।