शुक्रबार, जेठ २९, २०८३

यस वर्ष तिहारमा देशभर तीन लाख फूलका माला अभाव

यो वर्षको तिहारमा देशभर करिब तीन लाख फूलका माला अपुग हुने भएको छ। आन्तरिक उत्पादनले नधान्ने र भारतबाट तिहारका लागि भनेर आयात गरिएका मालाहरू बिग्रिएपछि बजारमा उपलब्ध फूल र मालाले नधान्ने भएको हो।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं- यो वर्षको तिहारमा देशभर करिब तीन लाख फूलका माला अपुग हुने भएको छ। आन्तरिक उत्पादनले नधान्ने र भारतबाट तिहारका लागि भनेर आयात गरिएका मालाहरू बिग्रिएपछि बजारमा उपलब्ध फूल र मालाले नधान्ने भएको हो।

National life

तिहारलाई फूल र झिलिमिली बत्तिको पर्वका रूपमा मनाइँदै आएको भए पनि प्रत्येक वर्ष फूलको आभाव हुँदै आएको छ। प्रत्येक वर्ष फूलको उत्पादन बढ्दै गए पनि सँगसँगै माग बढ्दै जाँदा अभाव हुने गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार यो वर्ष देशमा उत्पादन भएको र भारतबाट आयात गरिएको फूलको मालाले अपुग भएको हो। “नेपालमा उत्पादन भएको फूलका मालाले अपुग हुने भएकाले हामीले प्रत्येक वर्ष नै भारतबाट फूल र मालाहरू आयात गर्ने गर्छौँ। सधैँ नै मागअनुसार हामीले बजारमा फूलका मालाहरू दिन सकेका छैनौँ,” उनले भने, “प्रत्येक वर्ष जसो नेपालमा पनि फूल उत्पादन बढ्दै गएको छ। तर, माग भने धान्न सकेको छैन।”

प्रत्येक वर्ष देशमा १० देखि १५ प्रतिशतले माग बढ्ने भए पनि सोहीअनुसार उत्पादन नभएको अध्यक्ष तामाङले बताए। गाउँमा बाँजो बारी छोडेर सहरमा सामान किनेर प्रयोग गर्नेहरू बढेकाले जुनसुकै वस्तु आयात गर्नुपर्ने बाध्यता बढेको उनको तर्क छ।

त्यस्तै, यो वर्षको तिहार छिटो भएकाले गोदावारी फूल बजारमा अभाव भएको छ। अहिले गोदावारी फूल फूल्ने समय भइनसकेकाले बजारमा गोदावरी फूलको अभाव भएको अध्यक्ष तामाङले बताए। 

Shivam cement

'यो वर्षको तिहार छिटो भएकाले गोदावरी फूल यो वर्ष बजारमा प्रयाप्त आउन सकेको छैन। गोदावरी फूल कम बजारमा आएकाले पनि माग धान्न नसकेको हो,' उनले भने, 'तिहारमा गोदावरीको माग बढी हुने गरेको भए पनि यो वर्ष हामीले पर्याप्त मात्रामा बजारमा दिन सकेनौँ।'

फ्लोरिकल्चर एसोसिएसनका अनुसार तिहारमा मात्र १४ करोड रुपैयाँको फूल तथा माला खपत हुने गरेको छ। वार्षिक कारोबारको ५० प्रतिशत फूल तथा मालाहरू तिहारमा खपत हुने भएकाले नेपालमा उत्पादन हुने फूलले मात्र तिहारमा नपुग्ने एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकरी दिए। नेपालमा वार्षिक ३३ देखि ३५ करोड रुपैयाँको फूल तथा मालाको व्यापार हुने गरेको छ। 

प्रकाशित: Oct 25, 2022| 20:15 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्