शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जलविद्युत् केन्द्रमा बाढीले क्षति पुर्‍याउँदा मुगु बिजुलीविहीन

जलविद्युत् केन्द्रमा बाढीले क्षति पुर्‍याउँदा मुगु बिजुलीविहीन

बाढीपहिरोले छायानाथ रारा नगरपालिका–४ स्थित विद्युत्गृहको ११०० मिटर लामो नहरमध्ये झन्डै ७०० मिटरमा क्षति पुगेपछि मुगुमा विद्युत् अवरुद्ध।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं– गत असोज अन्तिम साता आएको वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा कर्णाली प्रदेशको मुगु विद्युतविहीन बनेको छ। गत १९–२५ असोजसम्म भारी वर्षासँगै आएको बाढीपहिरोले छायानाथ रारा नगरपालिका–४ स्थित विद्युत्गृहको ११०० मिटर लामो नहरमध्ये झन्डै ७०० मिटरमा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

National life

बाढीपहिरोबाट विद्युतगृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको छ। बाढीपहिरोले क्षति पुगेको नहर पुनर्निर्माण र मर्मत गर्नुपर्ने प्राधिकरणले बताएको छ। प्राधिकरणले क्षति पुगेका संरचना पुनर्निर्माण सुरु गरिसकेको छ।

चुनावअघि नै पुनर्निर्माण सम्पन्न गरी विद्युत आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको हो। वैकल्पिक व्यवस्थामार्फत विद्युत आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘पुनर्निर्माणलाई तीव्रता दिइने र तत्काल विद्युत आपूर्तिका लागि जेनेरेटर लगेर विद्युत उत्पादन प्रयास गरिरहेका छौं, उनले भने।  

भौगोलिक रूपमा विकट मुगुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन। प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ। मुगुमा विद्युत् सेवा लिने ग्राहकको संख्या ३ हजार १०० छ।

प्रकाशित: Oct 25, 2022| 14:06 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्