आइतबार, वैशाख ७, २०८२

२० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

गत १९ देखि २४ असोजसम्म परेको अविरल वर्षा, बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग सोमबार रातीदेखि सञ्चालनमा आएको हो।
 |  मंगलबार, कात्तिक ८, २०७९
nespernesper

रासस

रासस

मंगलबार, कात्तिक ८, २०७९

vianetvianet

जुम्ला– पहिराको कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गत १९ देखि २४ असोजसम्म परेको अविरल वर्षा, बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग सोमबार रातीदेखि सञ्चालनमा आएको हो।

triton college

राजमार्ग कर्णालीबासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडक खण्ड हो। राजमार्ग सञ्चालनमा आएपछि कर्णालीबासीले आउजाउका लागि राहत पाएका छन्।

बाढीपहिराका कारण राजमार्गको करिब ४० किलोमिटर सडक अवरुद्ध भएको थियो। जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला–जुम्लासम्मको १ सय ४ किलोमिटरमध्ये ४० किमी सडक पहिराका कारण पूर्ण रूपमा अवरुद्ध भएको थियो। 

अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन जुम्ला र नेपाली सेना निरन्तर खटेका थिए।

सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले अवरुद्ध सडक खुलाउन कार्यालयका एक सय बढी जनशक्ति खटिएको बताए। नन्दाबक्स गण जुम्लाको ५० जना टोली राँचुलीमा क्याम्पमै बसेर सडक खुलाउनमा लागिपरेका थिए। 

National life insurance

‘अपेक्षाभन्दा छिटो सडक खुलाउन सफल भयौं। यसले तिहारको समयमा कर्णालीबासीलाई राहत भएको छ’, प्रमुख श्रेष्ठले भने। कर्णालीबासीलाई छिटो राहत दिन र सडक खुलाउन कार्यक्षेत्रभन्दा बाहिर कालिकोटमा क्याम्प बस्ने गरी नेपाली सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए।  


प्रकाशित: Oct 25, 2022| 13:05 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।