शुक्रबार, जेठ २९, २०८३

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण

आइएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले ६.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिए पनि त्यसलाई घटाएर ५ प्रतिशतमा सीमित गरिएको हो।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ। आइएमएफले यसै साता ‘वल्र्ड इकोनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वृद्धिदरको सुरु अनुमानमा संशोधन गरेको हो।

National life

गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। आइएमएफले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ।

आइएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले ६.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको थियो। तर हाल उक्त प्रक्षेपणलाई घटाएर ५ प्रतिशतमा सीमित गरिएको छ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। आइएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ।

नेपालको मुद्रास्फीति सन् २०२२ मा ६.३ प्रतिशत र सन् २०२३ मा ७.७ प्रतिशत रहने आइएमएफको सुरुको अनुमान थियो। अहिले त्यसलाई संशोधन गर्दै २०२२ मा ८.१ प्रतिशत र २०२३ मा ७.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

Shivam cement

प्रकाशित: Oct 24, 2022| 16:35 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्