शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दियालोले विकास गर्‍यो पूर्ण अटोमेसनयुक्त स्मार्ट वाटर प्रविधि

दियालोले विकास गर्‍यो पूर्ण अटोमेसनयुक्त स्मार्ट वाटर प्रविधि

कम्पनीले खानेपानी समितिदेखि उपभोक्ता, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटर रिडिङलगायत करिब १५ वटा प्रणाली विकास गरेको हो।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधि विकास गरेको छ। यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रूपमा अटोमेसन गर्नेछ।

National life

कम्पनीले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटर रिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणाली विकास गरेको हो।

हालसम्म करिब ७ सय वटा खानेपानी समितिलाई डिजिटलाइजेसन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित यो  प्रणालीको विकास गरेको हो।

टोखा नगरपालिकाको टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट स्मार्ट वाटर प्रविधिको सुरुआत भएको कम्पनीले बताएको छ। 

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उक्त सेवा उद्घाटन गरे।

Shivam cement

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग इआउका प्रमुख डा.रजित ओझाले वाटर युटिलिटी करियर पथ र दियालो टेक्नोलोजिजका बिजनेस हेड रोशन गौतमले स्मार्ट वाटर म्यानेजमेन्टका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। 

करिब १० वर्षअघि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयर निर्माण गर्दै आएको छ।

प्रकाशित: Oct 24, 2022| 13:48 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्