शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मालपोत कार्यालय दोलखामा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मालपोत कार्यालय दोलखामा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपालले दोलखाको चरीकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– मेगा बैंक नेपालले दोलखाको चरीकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। 

National life

शुक्रबार दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले भीमेश्वर नगरपालिका वडा–३ स्थित जिल्ला मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर उद्घाटन गरे।

जिल्ला मालपोत कार्यालयका प्रमुख धनकुमार तामाङले बैंकको एक्सटेन्सन कार्यालय विस्तार भएपछि सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न सहयोग पुग्ने बताए।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रकको कार्यालय दोलखाका प्रमुख मुरारी निरौला र मेगा बैंक चरीकोटका प्रबन्धक कपिलप्रसाद भण्डारी  पनि उपस्थित थिए। 

बैंकले हाल देशभर २०८ शाखा र २७ वटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ। 

Shivam cement

प्रकाशित: Oct 24, 2022| 13:46 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्