शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पोखरा फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्ने बढे

पोखरा फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्ने बढे

यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर सञ्चालनमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकमा फोनपेप्रति आकर्षण बढेको हो।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्न थालेको छ।

National life

यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर सञ्चालनमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकमा फोनपेप्रति आकर्षण बढेको हो । 

फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपेमार्फत भुक्तानी गर्न सकिने सेवा सुरु गरिएको थियो। बाराहीघाटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र फोनपेका सीईओ दिवस सापकोटाले क्यूआर भुक्तानी सेवा सुरु गरे। 

कार्यक्रममा मनोरञ्जन प्रदान गर्न बोटिङ प्रतिस्पर्धा आयोजना गरिएको थियो भने फोनपेका ब्रान्ड एम्बेसडर सन्दीप क्षेत्रीले मनोरञ्जन दिएका थिए।  

फोनपेले चाडवाड लक्षित विभिन्न अफर सञ्चालन गरिरहेको छ । क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङको मोबाइल फोन जित्न सक्छन्। 

Shivam cement

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। 


प्रकाशित: Oct 24, 2022| 13:43 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्