शुक्रबार, जेठ २९, २०८३

मेगा बैंकले सञ्चालनमा ल्यायो भू–सेवा केन्द्र

अब घरजग्गा रोक्का, फुकुवा अनलाइन कारोबारमार्फत बैंकबाटै हुनेछ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– मेगा बैंक नेपालले ग्राहकलाई सहज रुपमा घरजग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रूपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । 

National life

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र सञ्चालन अनुमति लिई घरजग्गा रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्य सुरु गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया तथा मेगा बैंक अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भयो। समझदारी पत्रमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरे। 

भू–सेवा केन्द्र सञ्चालनमा आएपछि घरजग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गाधनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्र अनलाइनमार्फत पेस गरे पुग्नेछ। 

बैंकबाट रोक्का तथा फुकुवा कार्य गर्न सकिने हुँदा बैंक, सेवाग्राही तथा सम्बन्धित मालपोत कार्यालयलाई समेत रोक्का तथा फुकुवा कार्यमा सहजीकरण हुने विश्वास बैंकको छ।  

Shivam cement

बैंक अध्यक्ष शाह तथा कामु प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकबाट प्रवाह हुने बैंकिङ सेवा– सुविधालाई डिजिटलाइज गर्ने सन्दर्भमा बैंक अग्रस्थानमा रहेको बताए।


प्रकाशित: Oct 24, 2022| 13:08 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्