शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ई-सेवा मनी ट्रान्सफर-इमिरेट्स इन्डिया रेमिट भुक्तानी सम्झौता

ई-सेवा मनी ट्रान्सफर-इमिरेट्स इन्डिया रेमिट भुक्तानी सम्झौता

सम्झौतापछि युएईमा स्थायी तथा कामको सिलसिलामा बस्दै आएका नेपालीले इमिरेट्स इन्डियाका युएई, अबुधाबी, सारजहाँलगायत स्थानमा रहेका ३३ शाखाबाट रेमिट्यान्स पठाउन सक्नेछन्।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– संसारका २०० बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको ई–सेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इन्डिया इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। 

National life

सम्झौतापछि युएईमा स्थायी तथा कामको सिलसिलामा बस्दै आएका नेपालीले इमिरेट्स इन्डियाका संयुक्त अरब इमिरात्स(युएई) स्थित युएई, अबुधाबी, सारजहाँलगायत स्थानमा रहेका ३३ शाखाबाट रेमिट्यान्स पठाउन सक्नेछन्।

इमिरेट्स इन्डियामार्फत नेपालमा आफन्त तथा इस्टमित्रलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा रकम पठाउन सकिनेछ। इमिरेट्स इन्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरी ई–सेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पठाउन सकिनेछ। 

हाल ई–सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान जारी रहेकाले इमिरेट्स इन्डियाको माध्यम हुँदै युएईबाट सोझै बैंक खाता वा ई–सेवा वालेटमा पैसा पठाउँदा ६ महिने अवधिसम्म हरेक महिना एक जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौंमा घरसमेत जित्न सक्नेछन् । 

रेमिट्यान्स भुक्तानी सम्झौतामा ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र इमिरेट्स इन्डियाका जनरल म्यानेजर अली मोहम्मद एलम्रानीले हस्ताक्षर गरेका थिए।

Shivam cement

प्रकाशित: Oct 24, 2022| 12:27 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्