शुक्रबार, जेठ २९, २०८३

वार्षिकोत्सव अवसरमा एभरेष्ट बैंकको प्रभातफेरी

एभरेष्ट बैंकले आफ्नो २८औं वार्षिकोत्सव अवसर पारेर प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– एभरेष्ट बैंकले आफ्नो २८औं वार्षिकोत्सव अवसर पारेर प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।

National life

बैंकमा डिजिटल बैंकिङ प्रवद्र्धन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४००  बढी कर्मचारी उपस्थित थिए।

बिहान ७ः३० बजेदेखि बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट सुरु भएको कार्यक्रम लैनचौर–गैरीधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुनः लाजिम्पाट आएर समापन भएको थियो। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकमा डिजिटल प्रविधिको प्रयोग गर्न तथा बैंकलाई यस वर्ष तोकिएको डिजिटल बैंकिङको विषयवस्तु पूरा गर्न जोड दिए।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले डिजिटल बैंकिङको प्रयोगबाट ग्राहकले २४सै घन्टा सातै दिन रकमान्तर, बिल भुक्तानी, मोबाइल टपअप, क्युआर भुक्तानीलगायतका अन्य थुप्रै सेवा–सुविधा लिन सक्ने बताए।   

Shivam cement

बैंकले हाल १२० शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १५५ एटिएम र ३१ राजस्व संकलन केन्द्रमार्फत वित्तीय सेवा दिँदै आएको छ।

प्रकाशित: Oct 24, 2022| 12:26 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्