शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकमा सुन चाँदीका असर्फी किन्नेको चाप बढ्दो

राष्ट्र बैंकमा सुन चाँदीका असर्फी किन्नेको चाप बढ्दो

नेपाल राष्ट्र बैंकको टक्सार विभागमा तिहारका लागि सुन र चाँदीका असर्फी किन्नेहरूको चाप बढ्न थालेको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकको टक्सार विभागमा तिहारका लागि सुन र चाँदीका असर्फी किन्नेहरूको चाप बढ्न थालेको छ। गत चैतदेखि नै केन्द्रीय बैंकले सुन र चाँदीका सिक्का बिक्रीवितरण थालेको भए पनि तिहार नजिकिएसँगै किन्नेको भीड बढ्न थालेको हो।

गत वर्ष परीक्षणका रूपमा असर्फी उत्पादन मात्र गरेको र पुरानो मौज्दात बिक्री गरेकोमा यसपटक भने व्यावसायिक रूपमा उत्पादन गरिएको असर्फी बिक्री गरिएको टक्सार विभागका निर्देशक विनोदराज आचार्यले बताए।

राष्ट्र बैंकले आइतबारसम्म असर्फी हरेक खरिदकर्ताले सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ। गत वर्ष ४ हजार सिक्का बिक्री गरेको केन्द्रीय बैंकले यसपालि १० हजारवटा सिक्का बिक्री गर्ने लक्ष्य राखेको छ। 

केन्द्रीय बैंकले आइतवारसम्म चाप परेमा खरिद गर्नेलाई कम संख्यामा उपलब्ध गराएर भए पनि हात खालि नहुनेगरी बिक्री गरिने बताएको छ। राष्ट्र बैंकको टक्सार विभागले २ दशमलव ५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्फी बिक्रीमा रहेको छ।

बबरमहलस्थित टक्सार विभागले १ हजार अंकित चाँदीको सिक्का समेत उपलब्ध गराएको छ। १ हजार अंकित चाँदीको सिक्काको मूल्य १६ सय रुपैयाँ तोकिएको छ।

सुनको सिक्काको भने दैनिक सुनको बजार भाउअनुसार मूल्य निर्धारण गर्दै आएको छ।

प्रकाशित: Oct 21, 2022| 06:51 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्