शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दसैं बोनस नदिएपछि त्रिवेणी उद्योगका व्यवस्थापक बन्धक, प्रहरीले चलायो गोली

दसैं बोनस नदिएपछि त्रिवेणी उद्योगका व्यवस्थापक बन्धक, प्रहरीले चलायो गोली

भिडलाई तितरबितर गर्न प्रहरीले १ राउण्ड गोली र ३४ सेल अश्रुग्यास प्रहार गरेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

कलैया- बाराको जीतपुर सिमरा उपमहानगरपालिका-९ छातापिपरास्थित त्रिवेणी धागो उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ। भिडलाई तितरबितर गर्न प्रहरीले १ राउन्ड गोली र २६ सेल अश्रुग्यास प्रहार गरेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

National life

झडपमा परी ११ जना प्रहरी घाइतेमध्ये दुई जना गम्भीर छन्। गम्भीर घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ भने ९ जना सामान्य घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ। झडपमा संलग्न ७ रहेको आरोपमा ७ जना मजदुर पक्राउ परेका छन्।

दसैं बोनस नपाएको भन्दै त्रिवेणी उद्योगका मजदुरहरूले उद्योगका व्यवस्थापकलाई बन्धक बनाएका थिए। उद्योगका सिईओसहित १३ जनालाई बुधबार दिउँसोदेखि उनीहरुले बन्धक बनाएपछि उनीहरूलाई छुटाउन प्रहरी पुगेको थियो। यसैक्रममा विवाद हुँदा प्रहरी र मजदुरबीच झडप भएको हो। 

प्रहरीले त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत १३ जनालाई उद्धार गरेको बताएको छ। 

प्रकाशित: Oct 20, 2022| 20:48 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्