शनिबार, जेठ ३०, २०८३

मधेस प्रदेशका ४ लाख बढीले गराए स्वास्थ्य बिमा

२०७४ देखि मधेस प्रदेशमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रदेशका ६२ लाख जनसंख्यामध्ये करिब ७ प्रतिशतले स्वास्थ्य बिमा गराए।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

जनकपुरधाम– सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा मधेस प्रदेशका ४ लाख बढी आबद्ध भएका छन्। मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज पौडेलले स्वास्थ्य बिमाअन्तर्गत मधेस प्रदेशका ४ लाख १२ हजार ९९४ जनाले बिमा गराएको बताएका हुन्। 

National life

२५ माघ २०७४ देखि मधेस प्रदेशमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रदेशका ६२ लाख जनसंख्यामध्ये करिब ७ प्रतिशतले स्वास्थ्य बिमा गराएको प्रमुख पौडेलले बताए। उनका अनुसार मधेस प्रदेशमा २ लाख १० हजार ७१४ पुरुष र २ लाख २ हजार २८० महिलाले स्वास्थ्य बिमा गराएका छन्।

जिल्लागत रूपमा सबैभन्दा बढी सिरहामा १ लाख ५ हजार ४०० जनाले बिमा गराएका छन् भने सबैभन्दा कम सर्लाहीमा २३ हजार ६५५ जनाले बिमा गराएको बोर्डको प्रादेशिक कार्यालयले जनाएको छ।

सिरहामा अतिविपन्न समूहमा पर्ने १ हजार ८१४ जनाले बिमा गराएका छन्। मधेस प्रदेशका सरकारी तथा निजी गरेर ८ वटै जिल्लामा ४८ वटा स्वास्थ्य संस्थाले बिमा गर्दै आएका छन्। गरीबी, अशिक्षा र प्रचार–प्रसारको कमीलगायतका कारणले यस प्रदेशमा थोरै जनसंख्याले मात्र स्वास्थ्य बिमा गराएको प्रमुख पौडेलको भनाइ छ।

त्यस्तै, स्वास्थ्य बिमा गराएकाले पनि पुनः दर्ता नगराउने, स्वास्थ्य बिमा गराएका व्यक्तिले उपचार नपाउनेजस्ता कारणले बिमाप्रति सर्वसाधारणको रुचि नबढेको प्रमुख पौडेलले बताए।–रासस

Shivam cement

प्रकाशित: Oct 20, 2022| 16:48 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्