शनिबार, जेठ ३०, २०८३

टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा

नेपालका लागि टीभीएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- नेपालका लागि टीभीएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ। २ कात्तिकमा काठमाडौंको भृकुटीमण्डपमा टीभीएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरेका थिए।

National life

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो।

सार्वजनिक कार्यक्रमसँगै जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्र्याण्ड एक्स्चेन्ज एन्ड फाइनान्स मेला’ नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ। ३१ असोजदेखि सुरु भएको यो मेला ५ कात्तिकसम्म चल्ने छ।

यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन्। यस मेलामा सहभागी हुने ग्राहकलेआफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मूल्यांकन भन्दा ७ हजार रुपैयाँ बढीको मूल्य पाउने छन्। साथै नकिन्दै १ लाख र किन्दा १० लाख रुपैयाँसम्मको नगद छुटको पनि व्यवस्था छ। यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश रहेको कम्पनीले बताएको छ। जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ। यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन्।

कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उद्योगमै सबैभन्दा पहिलो भोइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको जनाइएको छ। कनेक्टिभिटी प्ल्याट्फम मार्फत सञ्चालित भोइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ।

Shivam cement

युवा वर्गका लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डीएनडी लगायत अन्य थुप्रै कनेक्टिभिटी फङ्गसनहरु सजिलै प्रयोग गर्न सक्नेछन्। यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सकिने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्ली देखाइएको छ। यसमा नियमित आवतजावत गरिरहने रुटहरु सेभ पनि गर्न मिल्छ। जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाइएको छ। यसमा समावेश गरिएको टीभीएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्नुका साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन इन्जिनले ५५०० आरपी टर्क प्रदान गर्ने कम्पनीले बताएको छ।

प्रकाशित: Oct 20, 2022| 16:03 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्