शनिबार, जेठ ३०, २०८३

पिसीएफसँग सानिमा बैंकको सहकार्य

सानिमा बैंकले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसीएफ) सँग साझेदारी गरेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- सानिमा बैंकले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसीएफ) सँग साझेदारी गरेको छ। जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ।

National life

पिसीएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफुले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य हो। (पिसीएफ) मा विश्वभर छ वटा महादेशका ३ सयभन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भैसकेको छ। साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनि तिव्र रुपमा विस्तार भइरहेको छ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरुबाट उत्सर्जन हुने हरितगृह ग्यासको बैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पुर्याउने कुरा बताए।

सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ एटिएमहरु संचालनमा रहेका छन्।


प्रकाशित: Oct 20, 2022| 16:02 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्