शनिबार, जेठ ३०, २०८३

एभरेष्ट बैंकले मनायो २८ औं वार्षिकोत्सव

एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव कार्यक्रममा बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम आयोजना गरेको थियो।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव कार्यक्रममा बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम आयोजना गरेको थियो।

National life

कार्यक्रममा बैंकका २ सयभन्दा बढी कर्मचारी तथा ग्राहक सहभागी भएका थिए। सो अवसरमा सेवाअवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मानसमेत गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल नेत्र ज्योति संघलाई डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेसिन खरिद गर्न ४ लाख ८० हजार २ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल नेत्र ज्योति संघका बोर्ड सदस्य द्रोण गुरागाइँलाई उक्त कार्यक्रमबीच चेक हस्तान्तरण गरे।

सो कार्यक्रममा नेपाल नेत्र ज्योति संघ धनकुटाका तर्फबाट रोशेस श्रेष्ठ सहभागी थिए। साथै, बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतीक्षालय निर्माण गर्न गोदावरी नगरपालिका–३ सँग सम्झौता गरेको छ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष सानुराजा घिमिरेले एक कार्यक्रमबीच सो सम्झैतामा हस्ताक्षर गरेका हुन्।

Shivam cement

पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइ बन्न पुगेको बैंकले जनाएको छ। बैंकमा १२ लाख सन्तुष्ट ग्राहक छन् भने १२० शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालय, १५५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।


प्रकाशित: Oct 20, 2022| 16:01 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्