शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा

सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा

सिद्धार्थ बैंक लिमिटेडले २०७९ बुधबार काठमाडौंस्थित न्यूरोड गेटमा र ललितपुर स्थित भैंसेपाटी र लुभूमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९
National life
Shivam cement

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले २०७९ बुधबार काठमाडौंस्थित न्यूरोड गेटमा र ललितपुर स्थित भैंसेपाटी र लुभूमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो। 

उक्त शाखाहरु विस्तारपश्चात् सिद्धार्थ बैंकको कूल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ। सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटीएम, पीओएस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, वेबसाइटमार्फत् बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, ४५० भन्दा बढी व्यावसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्ड जस्ता सेवामार्फत् बैंकले सेवा प्रदान गर्दै आएको छ। 


प्रकाशित: Oct 20, 2022| 16:01 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्