शनिबार, जेठ ३०, २०८३

१९ अर्ब बाँडियो सहुलियतपूर्ण कर्जा ब्याज अनुदान

सहुलियतपूर्ण कर्जाका लागि साउन २०७९ सम्म १८ अर्ब ८६ करोड ९७ लाख ८९ हजार रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक छ।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं– सरकारले सहुलियतपूर्ण कर्जा ब्याज अनुदानमा मात्रै करिब १९ अर्ब रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले तथ्यांक सार्वजनिक गरेको छ।

National life

मन्त्रिपरिषद्ले निर्णय गरेर २०७५ बाट विभिन्न सात प्रकारका कर्जामा सरकारले ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिने निर्णय गरेको थियो।

राष्ट्र बैंकले सोहीअनुसार सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मन्त्रिपरिषद्बाट स्वीकृत गराएर कार्यान्वयनमा ल्याएको थियो। पछि त्यसलाई संशोधन गर्दै विभिन्न १० शीर्षकमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरिएको थियो।

उक्त सहुलियतपूर्ण कर्जाका लागि साउन २०७९ सम्म १८ अर्ब ८६ करोड ९७ लाख ८९ हजार रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले बताएको छ।

उक्त कार्यविधिअनुसार साउन २०७९ सम्म १ लाख ४७ हजार २३ ऋणीलाई २ खर्ब ५७ अर्ब ७७ करोड ३६ लाख २९ हजार कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ।

Shivam cement

यसमध्ये २ खर्ब १३ अर्ब ६६ करोड ४३ लाख ५७ रुपैयाँ बराबरको लगानी बक्यौता बाँकी रहेको राष्ट्र बैंकको भनाइ छ।

प्रकाशित: Oct 08, 2022| 09:15 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्