बिहीबार, वैशाख १३, २०८१

गल्फ लुब्रिकेन्टको डिलर मिट

नेपालमै लुब्रिकेन्ट उत्पादनको ३८ वर्ष पूरा भएको अवसरमा गल्फले डिलर मिटर सम्पन्न गरेको छ।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं– नेपालमै लुब्रिकेन्ट उत्पादनको ३८ वर्ष पूरा भएको अवसरमा गल्फले डिलर मिटर सम्पन्न गरेको छ। कम्पनीले आफ्ना देशभर रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागितामा डिलर मिट सम्पन्न गरेको हो।

triton college

कम्पनीले डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको व्यवसाय विस्तारको योजना निर्माण गर्न डिलरहरुसँग छलफल गरेको थियो। कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायीक क्षेत्रले नयाँ नया समस्याको सामना गर्दै आएका छन्, यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र व्यवसायमा गरेको प्रतिवद्धताको कारण हामी नेपालकै सर्वाधिक विक्री हुने ब्रान्ड भइरहेका छौं । यसका लागि हाम्रा सबै डिलरहरु र टिमको प्रयास लागि आभारी छु जसले यो सम्भव बनाएका छन् ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटीभदेखि इन्डष्ट्रियल सेक्टरसम्म आफ्नो उत्पादन विक्री वितरण गर्दै आएको छ ।

प्रकाशित: Aug 03, 2022| 17:11 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्